माछापूच्छ्रे ९ वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण
पाेखरा | असोज २१, २०८०
पोखरा: कास्कीको माछापूच्छ्रे गाउँपालिका वडा नम्बर ९ ले वडा कार्यालयबाट प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको छ ।
मुक्तिनाथ बिकास बैंक हेम्जा शाखा र माछापूच्छ्रे गाँउपालिकाको समन्वयमा आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । उनले वडामा सामाजिक सुरक्षा भत्ता रकम लाभग्राही २ सय ८४ जना मध्ये १ सय ५० जनालाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए ।
‘चाडपर्वलाई लक्षित गरि त्रैमासिक अगावै वितरण गरेको रकमले लाभग्राहिरु निकै उत्साहित हुनुहुन्छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘वडा कार्यालयबाट सुरक्षा भत्ता वितरण गर्दा ग्रामीण भेगका स्थानीयहरुलाई धेरै सहज भएको छ ।’
सरकारले प्रत्येक ३/३ महिना पूरा भए पछि चौथो महिनाको पहिलो हप्ता भित्र लाभग्राहिले पाउने गरि बैकले वितरण गर्दै आएको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

